Ad Code

Responsive Advertisement

प्रसिसको विषयगत मूल्याङ्कन अभिमुखीकरण कार्यक्रम ।


 प्रविधिमैत्री शिक्षक समाज नेपाल केन्द्रीय प्राविधिक समितिको आयोजनामा यही मिति २०८० श्रावण ०२ गते देखि ०६ गते सम्म विभिन्न विषयहरुको कक्षा ४ देखि १० सम्मको विषयगत मूल्याङ्कन अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रमको पहिलो दिन गणित विषयको आन्तरिक तथा वाह्य मूल्याङ्कन सम्वन्धि अभिमूखीकरण पाठ्यक्रम विकास केन्द्रका अधिकृत श्री रामचन्द्र ढकालले गर्नुभएको थियो भने दोश्रो दिनको विज्ञान विषयको सहजीकरण शिक्षक श्री चन्द्रकला दवाडी ज्युले गर्दै हुनुहुन्छ । 

तेस्रो दिन श्रावण ४ गते नेपाली विषयको सहजीकरणका लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक डा. गणेश प्रसाद भट्टराई ज्यूले गर्नुहुनेछ । श्रावण ५ गते चौथो दिनको तालिम पाठ्यक्रम विकास केन्द्रका अधिकृत श्री हेमराज खतिवडा ज्यूवाट सामाजिक विषय अन्तर्गत हुनेछ । पाँचौ दिनमा शिक्षक तथा लेखक देव प्रसाद पण्डितद्वारा अंग्रेजी विषयको मूल्याङ्कन पद्धतिमा सहजीकरण हुनेछ र यो मुख्य ५  दिन ५ विषयको अभिमूखीकरण कार्यक्रम समापन हुनेछ । 

अभिमुखीकरण कार्यक्रम हरेक  दिन साँझ ७:३० वजेवाट सुरु हुनेछ भने सहभागीको प्रश्न तथा जिज्ञासा अनुसार १० वजे पछि सम्म सञ्चालन हुनेछ । 


Post a Comment

0 Comments