एघारौ  दिनको अन्लाइन कक्षा २०८० जेठ २१ गते आइतवार साझ ८ वजेवाट सञ्चालन भएकाे थियाे । 

कार्यक्रमको अध्यक्षता : प्रसिस झापा अध्यक्ष श्री टिका प्रसाद सुवेदी । 

कार्यक्रमकाे प्रमुख अतिथी : गौरिगञ्ज गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री टङ्क खरेल । 

विशिष्ट अतिथि : केन्द्रिय प्राविधिक समिति सम्याेजक श्री घनश्याम अधिकारी । 

प्रशिक्षक : प्रसिस के‍प्रास सदस्य श्री खेमराज पौडेल 

सञ्चालन : तिलक गजमेर 

तालिम सुरुआत समय : ८:०० वजेदेखि 

  • प्रशिक्षक खेम सरवाट पावरपोइन्ट प्रिजेन्टेसन सम्वन्धि एनिमेसन साथै स्लाइड डिजाइनका विभिन्न तरिकाहरु प्रस्तुति । 
  • शिक्षण योजना निर्माणमा कसरी पावर पोइन्टको प्रयोग गर्ने भन्ने  प्रयोगात्मक अभ्यास सहितको कार्यशाला शैलीको तालिम सन्चालन । 
  • अत्यन्तै फलदायी र प्रयाेगात्मक भएकाे महसुस गरिएको छ । 
९:४५ देखि १० मिनेट सम्म प्रमुख अतिथीको मन्तव्यको कार्यक्रम रहेको थियो । 

पुनः ९:५५ देखि १०:१० सम्म खेम सरले पावरपोइन्टमा तालिका कसरी निर्माण गर्ने भन्ने कुरा देखाउदै तालिमको समापन भएको थियो । 

तालिमको पृष्ठपोषण सहभागी कर्मा शेर्पा साथै एकजना शिक्षकले गरे पश्चात् अध्यक्ष टिका प्रसाद सुवेदीले कार्यक्रमको औपचारिक समापन गर्नु भएको थियाे ।